५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

ओली सरकारको निष्पक्षता, चिकित्सक कुट्ने एमाले कार्यकर्ता माथि ज्यान मुद्दा


१४ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको निष्पक्षता बाँके घटनामा पनि भेटिएको छ । पीडक एमालेकै कार्यकर्ता भए पनि चिकित्सक माथि हातपात गर्ने माथि ज्यानमुद्दा चलाइएको छ । राष्ट्रपति, प्रधानमन्त्री देखि लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेतले घटनाको दोषीमाथि कारबाही हुनुपर्ने र हुने बताइरहेको समयमा कुटपिटमा संलग्न माथि ज्यान मुद्दा दर्ता भएको हो । राजनीतिक आवरणमा अपराध हुन सक्दैन भन्ने एउटा दृष्टान्त बनेको छ बाँकेको भेरि अस्पतालको कुटपिट प्रकरण ।

भेरी अस्पताल बाँकेका स्वास्थ्यकर्मीमाथि बिहिवार साँझ कोरोना संक्रमित दाइको मृत्युपछि स्वास्थ्यकर्मीलाई कुटपिट गरेको र अस्पताल तोडफोड गरेको आरोप लागेका मानबहादुर रावतविरुद्ध ज्यान मार्ने उद्योगसहित दुईवटा मुद्दा दर्ता भएको छ ।

रावतविरुद्ध जिल्ला अदालत बाँकेमा ज्यान मार्ने उद्योग र अपराधिक उपद्रो गरी दुईवटा मुद्दा चलाइएको बाँकेका प्रहरी प्रमुख ओम रानाले जानकारी दिए । आरोपीलाई बाँके जिल्ला अदालतले आज ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । मानबहादुर रावत एमालेका कार्यकर्ता हुन्। उनी अहिले दाङ निर्वाचन क्षेत्र नं ३ का इन्चार्ज तथा लुम्बिनी प्रदेश कमिटीका सदस्य हुन्।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार १७:४७