११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024

काेराेना अपडेटः २४ घण्टामा थपिए ६९५१ संक्रमित, ९८४१ संक्रमणमुक्त, ९६ जनाकाे मृत्यु


१४ जेठ, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप ६९५१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। यही अवधिमा ९ हजार ८४१ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १९ हजार ३१३ जनाको पीसीआर परीक्षणमा ६ हजार ८५५ र ९९७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९६ जना गरी कुल ६ हजार ९५१ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा थप ९८४१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ४ लाख २८ हजार ६७० जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ७८.१ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा थप ९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार १६:०८