५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

सभामुखलाई राय दिएका वकिलले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस गर्न नमिल्ने


१४ जेठ, काठमाडौँ । सभामुखलाई राय दिएका वकिलले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस गर्न नमिल्ने भएको छ । कानुन व्यवसायीको आचारसंहिताले एकै वकिलले पक्ष र विपक्षमा बहस र तर्क नमिल्ने भएको हो ।

यस विषयमा शुक्रबारको बहसका क्रममा महान्यायाधिवक्ता रमेश बडालले सभामुखले बोलाएको छलफलमा जाने कानुन व्यवसायीलाई प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस गर्न रोक लगाउनुपर्ने माग गर्नुभएको छ ।

उहाँले कानुन व्यवसायीको आचारसंहिताले पक्ष र विपक्षमा एकै वकिल बहस गर्न नमिल्ने बताउनुभयो । संसद विघटनसम्बन्धी केही रिटमा सभामुख अग्निप्रसाद सापकोटालाई पनि विपक्षी बनाइएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार १५:१३