१० जेष्ठ २०८१, बिहीबार | Thu May 23 2024

राष्ट्रिय सभा सदस्यमा खिमलाल देवकोटाले लिए सपथ


१४ जेठ, काठमाडाैँ ।राष्ट्रियसभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष राष्ट्रियसभाका नवनिर्वाचित सदस्य डा खिमलाल देवकोटाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले उहाँलाई सङ्घीय सांसद्को प्रतीक चिह्नसमेत प्रदान गर्नुभयो ।

समारोहमा राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहाल र संसद् सचिवालयका महासचिव डा भरत गौतमलगायतले उहाँको स्वागत गर्दै कार्यकालको सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो । वाग्मती प्रदेशमा यही जेठ ६ गते सम्पन्न राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा उहाँ निर्वाचित हुनुभएको थियो । तत्कालीन गृहमन्त्री एवं नेकपा (एमाले)का उम्मेदवार रामबहादुर थापालाई पराजित गर्दै पाँच हजार ८८ मतभार प्राप्त गरी सङ्घीयताविद् डा देवकोटा राष्ट्रियसभा सदस्यमा विजयी हुनुभएको थियो ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार १४:५८