७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

विवेकशील नेपाली दलका पूर्व अध्यक्ष उज्जवल थापाको स्वास्थ्य गम्भीर

१४ वैशाख, काठमाडाैँ । कोभिड-१९ बाट संक्रमित  विवेकशील नेपाली दलका पूर्व अध्यक्ष उज्जवल थापाको स्वास्थ्य स्थिति गम्भीर बनेको छ । थापाको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । थापालाई श्वासप्रश्वासको समस्या भएपछि करिब १० दिन अगाडि ह्याम्स अस्पताल भर्ना गरिएको थियो । थापालाई सुरुदेखि हेरिरहेका उनका निकट मित्र तथा ग्राण्डी अस्पतालका चिकित्सक डा. विश्व दवाडीले अहिले उनको अवस्था स्थिर र संवेदनशील रहेको बताउनुभएको छ ।

प्रकाशित मिति : May 28, 2021 at 2:42 pm