५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा कृष्ण पाैडेल


१४ जेठ, काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा डा कृष्ण पौडेल नियुक्त हुनभएको छ । मन्त्रालयले पिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी) प्रमुखसमेत रहनुभएका डा. पौडेललाई प्रवक्ता जिम्मेवारी दिएको हो ।

सरल मिजासिलो स्वाभावका डा पाैडेल इडिसीडीको प्रमुख हुनभन्दा अघि कान्ति बाल अस्पतालको प्रमुख हुनुहुन्थ्यो । उहाँले त्यहाँ रहँदा अस्पतालमा राम्रो सुधार गर्नुभएको थियो ।

यसअघि मन्त्रालयको प्रवक्ता रहनुभएका प्रा डा जागेश्वर गौतम कोभिड १९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुखको जिम्मेवारीमा जानुभएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार १३:१०