५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ जारी


१४ जेठ, काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुमाथि संवैधानिक इजलासमा सुनुवाइ जारी छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षतामा गठित ५ सदस्यीय इजलासमा न्यायधीशहरू दिपक कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहनु भएकाे छ ।

आज संवैधानिक इजलासमा ११ रिटको पहिलो सुनुवाइ हुँदैछ। अरू १९ रिट पनि हिजो प्रधानन्यायाधीश राणाले गम्भीर संविधानिक व्याख्या गर्नुपर्ने भन्दै संबैधानिक इजलासमा पठाउनु भएको थियो । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सुनुवाइ गरिरहेको संवैधानिक इजलासमा रिट निवेदकलाई आफ्नो पक्ष राख्नका लागि १० मिनेटको समयसीमा निर्धारण गरिएको छ । इजलासको सुरूमानै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले रिट निवेदकलाई १० मिनेटको समयसीमा तोकिदिनु भएकाे हाे ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार १२:४४