५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट सुनुवाइको लागि ५ सदस्यीय संवैधानिक इजलास गठन


१४ जेठ, काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाइको लागि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा ५ सदस्यीय संवैधानिक इजलास गठन भएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबरा, दीपककुमार कार्की, आनन्द मोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहनुहने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका सबै रिट निवेदनको सुनुवाइ संवैधानिक इजलासमा हेर्ने निर्णय बिहीबार सर्वोच्च अदालतले गरेको थियो । आज संवैधानिक इजलासमा ११ रिटको पहिलो सुनुवाइ हुँदैछ। अरू १९ रिट पनि हिजो प्रधानन्यायाधीश राणाले गम्भीर संविधानिक व्याख्या गर्नुपर्ने भन्दै संबैधानिक इजलासमा पठाउनु भएको थियो ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार ११:१५