१३ मंसिर २०८३, शनिबार | Sun Nov 29 2026

गणतन्त्र दिवसमा तीन दिन दीपावली

https://www.muktinathbank.com.np/online/loan-application

१४ जेठ, विराटनगर । गणतन्त्र दिवस २०७८ जेठ १४ गते देखि १६ गतेसम्म तीन दिन भव्यताका साथ मनाइने भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जिल्लास्थित सबै सरकारी तथा सार्वजनिक निकायका कार्यालय र सार्वजनिक महत्वका सम्भाव्य स्थलमा दीप प्रज्ज्वलन गर्ने तथा जिल्लावासी आमनागरिक घरघरमा साँझ दीपावली गर्न, गणतन्त्र दिवसका सन्दर्भमा सङ्घ, प्रदेश र स्थानीय पालिकामा मनाउन आग्रह गर्नुभएको छ ।

उहाँले सरकारी, गैरसरकारी तथा सामुदायिक सङ्घसंस्थाबाट आयोजना तथा सञ्चालन हुने रचनात्मक, सिर्जनात्मक, सन्देशमूलक तथा जनचेतनामूलक कार्यक्रममा आवश्यक समन्वय तथा सहजीकरण गर्ने, गराउने, जिल्लाभित्रका धार्मिक, सांस्कृतिक सम्पदाको सरसफाइसहित सौन्दर्यीकरणमा अभिवृद्धि गर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति : May 28, 2021 at 10:39 am

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/