५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

बानका अध्यक्ष चन्द्र न्याैपानेको कोरोना संक्रमणबाट निधन


१४ जेठ, काठमाडाैँ । निजी रेडियो सञ्चालकको छाता संगठन ब्रोडकाष्टर्स एशोसिएसन अफ नेपाल (बान)क अध्यक्ष चन्द्र न्याैपानेको कोरोना संक्रमणबाट निधन भएको छ । सुनसरीको इटहरीस्थित सप्तकोशी एफएमका प्रबन्ध निर्देशक समेत रहनुभएका न्याैपानेको शुक्रबार बिहान ८ बजे निधन भएको हो ।

न्याैपाने विज्ञापन बोर्डको सदस्य समेत हुनुहुन्थ्यो । उहाँ नेकपा (एमाले)को केन्द्रीय प्रचार विभागको सदस्य समेत हुनुहुन्थ्यो । कोरोना संक्रमण भएपछि उहाँको दुइ सातादेखि विराट शिक्षण अस्पतालमा उपचार भैरहेको थियो । अस्पतालका उपचारका लागि अनेक प्रयास गर्दा पनि बचाउन नसकिएको जनाएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार ०९:४४