५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

टिकटकका लागि झुण्डिएको नाटक गर्न खोज्दा उदयपुरमा ११ वर्षीया बालिकाको ज्यान गयो


१४ जेठ, उदयपुर । टिकटकका लागि झुण्डिएको नाटक गर्न खोज्दा उदयपुरमा ११ वर्षीया बालिकाको ज्यान गएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका ९ बस्ने बर्ष ११ को संजीता बस्नेतको टिकटक बनाउने क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार उनले मोबाइल घरको दलिनमा राखेको अवस्थामा फेला परेको थियो । उनको घाटीमा सलको पासो बनाएर बाई बाई गरेको भिडियो देखिएको छ । आमा बुबा भान्सा कोठामा खाना खाइरहेको अवस्थामा छोरीले अर्को कोठामा टिकटक बनाउने क्रममा बुधवार साँझ झुण्डिएर मृत्युभएको थियो ।

बस्नेतले टिकटक बनाउन मुढा राखेर सलको पासो लगाई भिडियो बनाउने क्रममा मुढा चिप्लिएर पासो लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ । एसपी दाहालका अनुसार भिडियो फुटेज अनुसन्धानकै क्रममा रहेकोले फोरेन्सिक ल्याबपछि मात्रै प्रष्ट हुने छ । भिडियो झुण्डिएकै दिनको हो कि अरू दिनको हो, अनुसन्धान पश्चात् थाह हुने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार ०९:२२