५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

भेरि अस्पतालका चिकित्सकमाथि एमाले नेताकै अगुवाइमा कुटपिट, संलग्न तीन पक्राउ


१४ जेठ, बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर तथा नर्समाथि नेकपा (एमाले)का नेताको अगुवाइमै कुटपिट भएको छ । गए राति आइसियुभित्रै छिरेर एमालेका नेतासहितका व्यक्तिले चिकित्सक र नर्समाथि कुटपिट गरेको भेरी अस्पताल विकास समितिका सदस्य कृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि उनका भाइ एमालेका प्रदेश कमिटी सदस्य मानबहादुर रावत र छोराहरू भरत रावतलगायत ४र५ जनाको समूहले अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण गरेको प्रहरीले जनाएको छ ।

अस्पतालमा उपचार गराइरहेका रावतको बिहीबार बेलुकी ८ बजे मृत्यु भएको थियो। त्यसलगत्तै उनीहरूले चिकित्सक र नर्समाथि कुटपिट गर्ने तथा अस्पतालमा तोडफोड गर्ने काम गरेका थिए । बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले उनीहरूलाई पक्राउ गरेर घटनाबारे थप अनुसन्धानअगाडि बढाइएको जानकारी दिनुभयो ।

कुटपिटबाट डा दीपक गुप्ता, डाक्टर चन्द्रप्रकाश साहु, डाक्टर समा अनसारी, स्टाफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे, बन्दना श्रेष्ठलाई चोट लागेको भेरी अस्पतालले जनाएको छ । उनीहरूले रातिदेखि नै असुरक्षित महशुष भएकाले अब काम गर्न नसकिने चेतावनी दिएका छन । दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार ०९:०६