१० जेष्ठ २०८१, बिहीबार | Thu May 23 2024

देउवा र प्रचण्डका वकिलमाथि प्रधानन्यायाधीशका गम्भीर पाँच प्रश्न


१४ जेठ, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटका कानुन व्यवसायीमाथि बिहीबारको सुनुवाइमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले गम्भीर पाँच प्रश्न सोध्नुभएको छ । प्रतिनिधिसभा विघटनको विरूद्धमा परेका १९ रिटमाथिको संयुक्त सुनुवाइमा प्रधानन्यायाधीश राणाले यस्ता प्रश्न गर्नुभएको हो ।

प्रधानन्यायाधीश राणाले उठाउनुभएका पाँच प्रश्न यस्ता छन

१. विश्वासको मत लिने आधार नदेखेपछी राजीनामा गर्ने कुरा धारा ७६ को प्रकृया भित्र कहाँ छ ?

२. विश्वासको मत नलिइकन मार्गप्रशस्त गरेको भनी प्रश्न उठाउने दलहरु त्यही प्रकृयामा आफै नयाँ सरकार गठनको आव्हान भएपछी प्रधानमन्त्री बन्न भाग लिन गएका छन् । प्रकृयामा भाग पनि लिने अनि प्रकृया पनि मिलेन भन्न मिल्छ ?

३. धारा ७६–५ ले प्रधानमन्त्री बन्ने आधारबारे निर्णय गर्न राष्ट्रपतिलाइ विशेष अधिकार दिएको छ । ७६–५ ले प्रधानमन्त्री बन्न दावी पुग्ने आधार छ कि छैन भनेर निर्णय गर्न दिएको विशेष अधिकार हैन र ? त्यहाँ कसरी निर्णय गर्ने भनेर कार्यविधि तोकेको छ र ? छैन ।

४. ७६–५ ले उपधारा २ मै लग्यो, दुबै धारा मिलाएर पढ्नुस । दलले समर्थन गरेको ब्यक्ति भनेको छ । दलको समर्थनमा मात्र त्यसरी आधार पुर्याएमा भन्ने अर्थ लाग्दैन र ?

५. दलीय संसदिय व्यवस्थामा गैर दलीय ढंगले सांसदहरुले प्रधानमन्त्री चुन्न मिल्छ भन्न मिल्छ र ? त्यो दलिय संसदिय व्यबस्थाको आधारभुत सिद्धान्त विपरित हुँदैन र ?

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार ०८:१५