८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

तीन देशमा जेठ १८ गतेदेखि नियमित उडान खोल्ने सरकारको निर्णय

१३ जेठ, काठमाडाैँ । सरकारले तीन देशमा नियमित उडान सञ्चालन गर्ने निर्णय गरेको  छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले जेठ १८ देखि तीन देशमा नियमित उडान सञ्चालन गर्ने निर्णय गरेको हो ।

सरकारले गरेको निर्णय अनुसार कतार, चीन र टर्कीका लागि सातामा एक दिन नियमित उडान खुला हुनेछ । यसअघि चार्टर उडानमा वायुसेवा र एजेन्टको मिलेमतोमा यात्रु ठगिन थालेपछि सरकारले यस्तो निर्णय गरेको हो ।

प्रकाशित मिति : May 27, 2021 at 10:33 pm