५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

बाजुरामा पनि निषेधाज्ञाको अवधि थप


१३ जेठ, बाजुरा । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि निषेधाज्ञाको अवधि आगामी जेठ २१ गते सम्मका लागि थप गरिएको छ । बाजुरा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले आगामी जेठ २१ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । जिल्लामा गत २४ घण्टामा कोरोना २१ जनामा कोरोना पुष्टि भएसँगै बाजुरामा सङ्क्रमितको सङ्ख्या ४ सय ६२ पुगेको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहीबार २०:०२