५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

काठमाडौँ उपत्यकामा थपिए २३६७ कोरोना संक्रमित


१३ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २३६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १७३८ जना, भक्तपुरमा २६५ जना र ललितपुरमा ५६४ जना गरी जम्मा २३६७  जना कोरोना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा नेपालमा थप ६९३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा थप १०६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यस्तै, २४ घण्टामा ७२२६ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहीबार १७:०७