५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

नेकपा (एमाले)ले निष्ठावान् र इमान्दार नेता गुमायोः प्रधानमन्त्री ओली


१३ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसांसदद्वय रत्नप्रसाद शर्मा न्यौपाने र योगनारायण यादवको निधनप्रति दुःख व्यक्त गर्नु भएको छ । उहाँले आज शोक वक्तव्य जारी गरी उहाँहरुको निधनमा दुःख व्यक्त गर्दै नेकपा (एमाले)ले निष्ठावान् र इमान्दार नेता गुमाएको बताउनुभएको छ ।

एमालेका अध्यक्ष ओलीले जाजरकोटका जनताबीच जनप्रिय न्यौपानेको निधनबाट एमालेले निष्ठावान नेता तथा जाजरकोटी जनताले इमान्दार जनसेवक गुमाउनुपरेको जनाउनुभएको छ । न्यौपाने २०५६ सालको आमनिर्वाचनमा जाजरकोट– २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । एमालेका कर्णाली प्रदेश समिति सदस्य र भ्रातृ संगठन अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष न्यौपानेको बुधबार उपचारका क्रममा काठमाडौँमा निधन भएको थियो ।

यस्तै एमालेका इमान्दार नेता र धनुषाका सुयोग्य जनप्रतिनिधि यादवका निधनबाट एमालेले निष्ठावान् नेता र तथा धनुषाका जनताले विकासप्रेमी नेता गुमाएको अध्यक्ष ओलीले बताउनुभएको छ । एमालेका केन्द्रीय सदस्य उहाँको केही दिनअघि निधन भएको थियो ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहीबार १६:५१