५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

वीरगञ्जमा प्रहरीबाट भएको गैरव्यावसायिक व्यवहार छानबिनका लागि समिति गठन


१३ जेठ , जनकपुरधाम । वीरगञ्ज महानगरपालिकाको घण्टाघरस्थित चोकमा प्रहरीबाट भएको गैरव्यावसायिक व्यवहारको छानबिनका लागि प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाँईका संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । समितिले वडा नं ८ स्थित घण्टाघर चोकमा पसल सञ्चालकसँग प्रहरीद्वारा गरिएको गैरव्यावसायिक व्यवहारको छानबिन र आवश्यक कारवाही गर्ने जनाइएको छ । प्रदेश प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिमा समितिले अनुसन्धान शुरू गरिसकेको र कोही प्रहरी दोषी देखिएमा प्रहरी नियमावलीबमोजिम कारवाही गरिने जनाइएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहीबार १६:२१