५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

सहायकरथी केसीको कोभिड–१९ सङ्क्रमणबाट निधन


१३ जेठ, काठमाडौँ । नेपाली सेनाका सहायकरथी दिनेश केसीको निमोनियासहित कोभिड–१९ स¬्क्रमणबाट निधन भएको छ । छाउनीस्थित वीरेन्द्र अस्पताल उपचार गराइरहनुभएका केसीको आज बिहान निधन भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले पुष्टि गरेको छ ।

सेनाको १३ नं बाहिनी अड्डाका बाहिनीपति केसी केही समयअघि मात्रै बङ्गलादेशबाट नेशनल डिफेन्स कोर्स (एनडिसी) पूरा गरी फर्कनुभएको हो । करिब ३२ वर्ष सैनिक सेवामा योगदान पु¥याउनुभएका काठमाडौँ निवासी उहाँको आजै पशुपति क्षेत्रमा अन्त्येष्टि गरिएको सेनाले जनाएको छ । उहाँका श्रीमती र दुई छोरी हुनुहुन्छ । यसैबीच सेनामा हाल कोरोना सङ्क्रमण भई उपचारमा रहेका सक्रिय बिरामीको सङ्ख्या ४२४ रहेको जानकारी दिइएको छ । कोभिड–१९ बाट हालसम्म छ सैनिकको निधन भइसकेको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहीबार १५:०५