नेपाली कांग्रेसका नेता मोहनराज मल्लको निधन
१३ जेठ, काठमाडाैँ । नेपाली कांग्रेसका नेता मोहनराज मल्लनको निधन भएको छ । उहाँको उपचारको क्रममा काठमाण्डौको निदान अस्पतालमा आज बिहान निधन भएको हो । उहाँ सुदूरपश्चिम प्रदेशका पूर्वप्रमुख हुनुहुन्छ ।
मल्ललाई २०७४ सालमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपतिले सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको थियो। निमोनिया र मुटुरोगबाट पीडित मल्ल पूर्व राष्ट्रिय पञ्चायतका सदस्य रहनुभएको थियो भने कांग्रेसमा प्रवेश गरेर महासमिति सदस्य बन्नुभएको थियो ।
प्रकाशित मिति : May 27, 2021 at 10:12 am





