नेकपा (एमाले)का नेता एवं पूर्व सांसद रत्न शर्माको कोरोना संक्रमणबाट निधन
१३ जेठ, काठमाडाैँ । नेकपा (एमाले)का नेता एवं पूर्व सांसद रत्न प्रसाद शर्मा न्यौपाने कोरोना भाईरस (कोभिड-१९)को संक्रमणबाट निधन भएको छ । उहाँको बिहीबार बिहान निधन भएको छोरा डा मदन शर्माले जानकारी दिनुभयो ।
उहाँ अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिका उपाध्यक्ष, कर्णाली प्रदेश इन्चार्ज समेत रहनुभएको थियो । उहाँ जाजरकोट एमालेको संस्थापक हुनुहुन्थ्यो । उहाँ विचारमा अत्यन्त दृढ, व्यबहारमा त्यतिनै सरल, स्वभावमा शान्त, भद्र, मृदुभाषी र मिलनसार हुनुहुन्थ्यो।
तत्कालीन नेकपामा उत्पन्न भएको असहज परिस्थितिमा अखिल नेपाल किसान महासंघलाई पुनर्गठन गरेपछि उहाँ नेतृत्वमा आउनु भएको थियो । मुलुकको किसान आन्दोलन उठाउन र किसानका समस्या समाधान गर्ने सन्दर्भमा उहाँ लाग्नेक्रममा जाजरकोट जिल्लाभरका सबै पालिकाहरुमा किसानलाई संगठनमा गोलबन्द गरेपछि पश्चिम् रुकुममा संगठन बनाउन जानु भएको थियो । संगठन निर्माणका यहिक्रममा उहाँलाई कोरोना भाईरसबाट संक्रमित भई रातरात थप उपचारका लागि काठमाडौं ल्याइएको थियो ।
प्रकाशित मिति : May 27, 2021 at 9:56 am





