८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

सिन्धुपाल्चोकमा काम गर्ने कालु मकै खाने भालुः शेरबहादुरले काम गरे अग्निले प्रचारमात्रै

१२ जेठ, काठमाडाैँ । अहिले देशैभर नेताहरूले सरकारले नियमित रूपमा गरिरहेको काम समेत मैले भनेको गरेको भनेर प्रचार गराउने अभियानमा लागेका छन । कतिपय सरकारी स्रोत परिचालन गरेर सबै व्यक्तिगत रूमपै खर्च गरेको जस्तो गर्दैछन भने कतिपयले अर्कैको पहलकदमीले काम भएपछि मैले भनेको भनेर प्रचार गराउँदै हिडेका छन ।

सिन्धुपाल्चोकमा पनि यस्तै भएको पाइएको छ । नेकपा एमालेका केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले पत्र लेखिलेखि पहल गरेर लगेको सामग्री सरकारी तलब खाएर सरकारकै विरूद्धमा मुद्दा लडिहेका सभामुख अग्नि सापकोटाले दाबी गरेका छन । उनले तामाङले गरेका जति सबै आफ्नो पहलमा भनि प्रचार गराएको पाइएको छ ।

नेकपा (एमाले) जिल्ला कमिटी सदस्य किरण देउजा भन्छन् ‘काम नगर्ने, प्रोपोगन्डा गर्ने, अरुले गरेको काम प्रचार गर्न माओवादी अब्बल रहेछ । जनताहरुले राम्रोसँग बुझेका छन्, समय आएपछि उचित मुल्यांकन गर्नेछन्।’ देउजाले समाजिक सञ्जाल मार्फत केही तथ्य समेत प्रस्तुत गरेका छन ।

देउजाले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको तथ्य यहाँ हेराैँ ।
कुरा आफ्नै जिल्लाको ! सिन्धुपाल्चोक जिल्लामा अक्सिजन प्लान्ट स्थापन गर्नको अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा अर्थ मन्त्रालयले स्वीकृत दिएर बजेट बिनियोजन समेत गरेको छ।

अहिले उक्त कार्यको लागि जस लिन दुबै संघीय सांसदहरु र वहाँका नजिकका मान्छेहरुको होडबाजी रहेछ। १/२ दिन एता सबै नियाले। र, यो निष्कर्षमा पुगें।

१. माननीय शेरबहादुर तामाङले २०७८/०१/२५ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अक्सिजन प्लान्ट निर्माणको लागि पत्र लेखेका छन्।

२. माननीय अग्निप्रसाद सापकोटाले २०७८/०२/०६ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेका छन्।

३. माननीय अग्निप्रसाद सापकोटाले लेखेको पत्रमा त गरिनदिनुहुन भन्ने समेत छ। सायद टाइपमा गल्ती होला ।

अब आफैं भेद छुट्याउनुहोस्। पहल कसले गरेको रहेछ। जस लिन कसले प्रोपोगन्डा गरेको छ आफैं स्पष्ट हुन्छ।
खैर, जे होस् सिन्धुपाल्चोकमा अक्सिजन प्लान्ट निर्माण हुने भयो।

अझ महत्त्वपूर्ण कुरा त बागमती प्रदेश सरकारले त अक्सिजन प्लान्ट निर्माणको लागि टेन्डर आह्वान समेत गरिसकेको छ। यसको लागि माननीय सरेश नेपाललाई जति धन्यवाद दिए पनि कम हुन्छ।

प्रकाशित मिति : May 26, 2021 at 10:33 pm