८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

संसद विघटनविरुद्धको रिटमा जेठ १३ र १४ गते पेशी तोकियो

११ जेठ, काठमाडाैँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनहरुको आगामी बिहीबार र शुक्रबार प्रारम्भिक सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका अनुसार संवैधानिक इजलासमा नपरेका निवेदनहरू आगामी बिहीबार सुनुवाइ हुने छ भने संवैधानिक इजलासमा सुनुवाइ माग गरेका निवेदनहरुमाथि शुक्रबार संवैधानिक इजलासमा नै सुनुवाइ हुने छ।  संसद विघटनको विरुद्धमा सर्वोच्च अदालतमा ३० वटा रिट दर्ता भएको छ । तीमध्ये १९ वटा रिट साधारण इजलासमा र ११ वटाको संवैधाानिक इजलासमा सुनुवाइको माग गरिएको छ ।

प्रकाशित मिति : May 25, 2021 at 5:22 pm