नेकपा एमालेका नेता पूर्णलाल श्रेष्ठलाई पितृशोक
१० जेठ, नुवाकोट । नेकपा एमालेका नेता पूर्णलाल श्रेष्ठलाई पितृशोक परेको छ । उहाँको पिता दाशलाल श्रेष्ठको सोमबार बिहान कोरोना संक्रमणबाट मृत्यु भएको हो । दुइ साता अघि कोरोना संक्रमण भएपछि उहाँलाइ नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । ७१ वर्षिय दास व्यवसायसँग राजनीतिमा पनि हुनुहुन्थ्यो । नुवाकोट खानीगाउँ स्थायी घर भएको उहाँहरू पछिल्लो समय वुढानिलकण्ठ नगरपालिका काठमाडौँमा बस्दै आउनुभएको छ ।
प्रकाशित मिति : May 24, 2021 at 1:51 pm



