प्रेस चौतारी नेपालको इन्चार्जको जिम्मेवारी हस्तान्तरण
९ जेठ, काठमाडाैँ । एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको इन्चार्जको जिम्मेवारी हस्तान्तरण गरिएको छ। निवर्तमान इन्चार्ज राजेन्द्र गौतमले नवनियुक्त इन्चार्ज सुर्य थापालाई आज बालुवाटारमा आयोजित प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रेस चौतारीका अगुवा कार्यकर्ताहरुको अन्तरक्रिया कार्यक्रममा उक्त जिम्मेवारी हस्तान्तरण गरिएको हाे। प्रेस चौतारीका इन्चार्ज थापा यस अगाडि सहइन्चार्ज हुनुहुन्थ्याे।
प्रकाशित मिति : May 23, 2021 at 11:26 pm



