८ जेष्ठ २०८१, मंगलवार | Tue May 21 2024

कांग्रेस र माओवादीले छोडेनन्, एमालेका मुख्य सचेतक र सचेतक दुबैले गाडी फिर्ता दिए


९ जेठ, काठमाडौँ । प्रतिनिधिसभा भंग गरेर मध्यावती चुनावको घोषणा भएपछि नेकपा एमलेका मुख्य सचेतक  र सचेतक दुबै जनाले सुबिधामा पाएको सवारीसाधान फिर्ता गर्नुभएको छ । मुख्य सचेतक विशाल भट्टराइ र सचेतक शान्ता चौधरीले आफूहरूले एमाले दलको मुख्य सचेतक र सचेतकको हैसियतामा पाएको सबै सुबिधा फिर्ता गर्नुभएको हो ।

उहाँहरूले प्रतिनिधिसभा भंगभएसँगै संसदीय दलको काम कारबाही पनि भंग भएको भन्दै सुविधा फिर्ता गरेको जानकारी गराउनुभएको छ । एमालेको मुख्यसचेतक भट्टराइले त जम्मा दुइ महिना २२ दिनमात्रैको कार्यकार्ल बिताउनुभयो । उहाँहरूले विश्वास गरेर जिम्मेवारी दिने पार्टी नेताप्रति  धन्यजाद प्रकट गर्नुभएको छ ।

एमालेका दुबै जनाले सुविधा फिर्ता गरेको भए पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक र सचेतकले भने सुविधान फिर्ता गरेका छैनन् । उनीहरू सरकारविरूद्ध नै मुद्दा लड्नका लागि ती गाडीको प्रयोग गरिरहुनभएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आईतवार २१:०२