२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

२४ घण्टामा थपिए ७९१४ संक्रमित, १९३ जनाकाे मृत्यु


९ जेठ, काठमाडाैँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ७९१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १८९६५ जनाकाे पीसीआर विधिबाट छ ९३१ जनामा एन्टिजेन विधिबाट गरिएकाे परिक्षणमा ७५९८ जनाको पीसीआर विधि र ३१६ जनाकाे एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।

नेपालमा थप १९३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ६ हजार १५३ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आईतवार १६:३९