काेराेना अपडेटः ८९८० जना संक्रमित थपिँदा ८८४८ निकाे भए, १२९ जनाकाे मृत्यु
८ जेठ, काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ८८४८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार २०१०५ जनामा गरिएको परीक्षणमा ८९८० जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लाे २४ घण्टामा १२९ जनाकाे मृत्यु भएकाे छ । याेसँगै कोरोनाबाट मृत्यु हुनेकाे संख्या ६१५३ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमित १ लाख १५८०६ जना रहेका छन् भने संक्रमण निको हुने दर ७५.८ प्रतिशत रहेको छ ।मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको कुल संख्या ५ लाख ५६४३ पुगेको छ भने निको हुने संख्या ३ लाख ८३६८४ पुगेको छ ।
प्रकाशित मिति : May 22, 2021 at 5:12 pm



