८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

नुवाकोटका विजय लामाले पोर्चुगल पठाउने बहानामा ठगे, प्रहरीले प्रक्राउ गर्न सकेन

१२ जेठ, नुवाकोट । नुवाकोट बेलकोटगढीका विजय लामाले विदेश पठाइदिने बहानामा धेरैलाई ठगेको पाइएको छ । लामाको ठगीले सीमा नागेपछि पीडितहरूले वैदेशिक रोजगार विभाग र प्रहरीकोमा उजुरी दिएका छन । यद्यपी प्रहरीले उनलाई पक्राउ गर्न चासो दिएको पाइएको छैन ।

लामाले पोर्चुगलमा आकर्षक रोजगारी दिलाइदिने बहानामा ठगीरहेको पुष्टि भएको छ । नुवाकोटको बेल्कोटगढी नगरपालिका घर भई काठमाडौंको बनस्थली बस्दै आएका लामाले धेरैलाई ठगेको उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालयले लामो खोजीमा उदासिनता देखाएको पाइएको छ ।

 वैदेशिक रोजगार विभागले गत पुस १ गते जिल्ला प्रहरी कार्यालय, नुवाकोटलाई पत्र नै लेखेर लामालाई पक्राउ गर्न अनुरोध गरेको छ । तर उनी पाँच महिना पूरा हुँदा पनि पक्राउ पर्न सकेका छैनन् । लामाबाट ठगिएकामध्ये रामचन्द्र श्रेष्ठको उजुरीमा विभागले पत्र काटेको हो ।

लामाले श्रेष्ठसँग २०७६ साउनमा ७ लाख नगदै लिएको देखिन्छ । पोर्चुगलमा मासिक ७ सय ५० युरोको रोजगारीमा लगाइदिने भन्दै गरेको कागजातमा उनले श्रेष्ठबाट राष्ट्रिय वाणिज्य बैंकको चेक नं। ००३४३१०८६२ मार्फत् थप तीन लाख गरी १० लाख रुपैयाँ बुझेका छन् ।

झण्डै दुई वर्षअघि २०७६ साउन १३ गते गरिएको लिखतमा साउन २३ गतेभित्र श्रेष्ठलाई पोर्चुगल पुर्याउन नसके साँवा ब्याजसहित फिर्ता गर्ने व्यहोरा उल्लेख छ । तर, सँधै अनेक बहानामा रकम फिर्ता नगरी लुकिछिपी हिँडेका लामाले अहिलै उल्टै पीडितहरुलाई सामाजिक सञ्जालमार्फत् धम्काउन थालेको उनीहरूको गुनासो छ ।

प्रकाशित मिति : May 26, 2021 at 9:45 am