८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

पछिल्लाे २४ घण्टामा थपिए ८६०७ संक्रमित, ७८९० जना संक्रमणमुक्त

७ जेठ, काठमाडौँ । पछिल्लाे २४ घण्टामा देशभर थप ८६०७ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ३५३ जना पीसीआर र ८७३ जनाको एन्टीजेन परीक्षण गर्दा ८६०७ जनामा काेराेना संक्रमण पुष्टि भएको हो । नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख १ हजार ११६ पुगेको छ

आज देशभरमा ७८९० जना संक्रमणमुक्त  भएका छन् । योसँगै हालसम्म नेपालमा ३ लाख ७४ हजार ८ सय ३६ जनाले कोरोनालाई जितेका स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  ३ लाख ७४ हजार ८३६ निको भएका छन् । अहिले १ लाख १६ हजार १९२ जना संक्रमित आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १७७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६०२४ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : May 21, 2021 at 5:32 pm