८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

ब्वाँसाेहरूको मखुण्डाे आजबाट उघ्रियाेः मुख्यमन्त्री राई

६ जेठ, काठमाडाैँ । नेकपा एमालेका नेता एवं प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले पार्टीभित्रका ब्वाँसाेहरूको मखुण्डाे आजबाट उघ्रिएको बताउनुभएको छ । एमालेकै नेताहरूले एमाले उम्मेदवारको विरूद्धमा मतदान गरेपछि उहाँले ब्वाँसाेहरूको हर्कत भन्नुभएको छ ।

मुख्यमन्त्री राईले यस्तो लेख्नुभएको छ

आजबाट भ्रम ताेडियाे ! आज सम्पन्न राष्ट्रिय सभाकाे निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवारलाई पार्टी भित्रै ब्वाँसाे भएर निस्किएकाहरुकाे केन्द्रिय याेजनामा नेकपा (एमाले) कै सूर्य चुनाव चिन्हबाट निर्वाचित भएका मतदाताहरुबाट हराइयाे !! पार्टी बिधान, पद्वति, प्रक्रिया, निति, निर्णय र निर्देशनकाे वकालत गर्दै नेकपा र नेकपा (एमाले) भित्र भाँडभैलाे मच्याउँदै पार्टी भित्रै ब्वाँसाेकाे नियत बाेकेर नाटकीय मन्चनमा व्यस्त रहेका नेताहरुकाे मखुण्डाे आजबाट उघ्रियाे !!! आज जे भयाे याे संसदीय अभ्यास र प्रणाली, दलीय व्यवस्था र दलीय बिधी बिधानकाे नांगाे उपहास हाे, यसमा कसैले आँखा चिम्लन र कुरा चपाएर बाेल्न मिल्दैन !!!! जे हाेस नेकपा(एमाले) एक्लै लाेकप्रिय र शक्तिशाली छ, आजकाे परिणाम र तथ्यले त्यही बतायाे, देखायाे !!!!! सर्वशक्तिमान निर्णायक शक्ति जनता हुन !!!!!! असली कम्युनिष्ट, नकाबधारी कम्युनिष्ट र दक्षिणपंथी लगायत सबैखाले शक्तिहरुकाे वास्तविक अनुहार, उनिहरुकाे हैसियत जनताले आगामी दिनहरुमा छुट्टयाउदै जानेछन् !!!!!!! गठबन्धनका बावजुद नेकपा (एमाले) एक्लै बलियाे छ भन्ने कुरा आज स्पष्ट भएकाे छ !!!!!!!!

प्रकाशित मिति : May 20, 2021 at 11:03 pm