टिकटक बनाएरै अब नेपालीले पनि लाखौँ रूपैयाँ कमाउन सक्ने, यस्तो छ प्रकिया
६ जेठ, काठमाडाैँ । टिकटक बनाएरै अब नेपाली पनि लाखाैँ रूपैयाँ कमाइ गर्न सक्ने भएका छन । यसअघि चिनियाँ कलाकारले मासिक कराैडाैँ रूपयाैँ कमाउने गरेका थिए भने चिनका टेलिभिजनहरूले विज्ञापनबाट भन्दा बढी पैसा टिकटकबाट कमाउने गरेका थिए । नेपालमा रहेर टिकट चालउनेहरूको एकाउन्ट भेरिफाइ गरेर मोनिटाइज गर्ने कामको जिम्मा रिलिजनेपाल प्रा.लीले पाएको छ ।
रिलिज नेपालले बिहीबार एक विज्ञप्ति प्रकाशन गर्दै टिकटक भेरिफाइ गरेर लाभ लिन अनुरोध गरेको छ । उसले यही २०७८ साल जेठ ७ गते शुक्रवारदेखि टिकटकको एकाउन्ट भेरिफाइको काम हुने जनाएको छ ।
यस्तो छ रिलिज नेपालको विज्ञप्ति
नेपालबाट सञ्चालन भएका टिकटक एकाउन्टहरूलाई यही २०७८ साल जेठ ७ गते शुक्रवारदेखि हामी (रिलिज नेपाल प्रा.ली) ले टिकटकले योग्य ठानेकोहरुलाई भेरिफिकेसनका लागि काम थाल्ने भएका छौँ । टिकटकका लागि नेपालबाट हामी कन्टेन्ट पार्टनर भएकाले टिकटकको एकाउन्ट भेरिफिकेसनका लागि आधिकारिक रूपमा काम गर्ने भएका हौँ ।

टिकटक एकाउन्ट भएका कुनै पनि व्यक्तिले भेरिफिकेसनका लागि फाराम भर्न सक्नुहुने छ । फाराम भर्नको लागि http://releasenepal.com/tiktok/ लिङ्कमा क्लिक गरेर भर्न सक्नु हुनेछ। फाराम भरेको ४५ देखि ६० दिन भित्रका त्यसको टुङ्गो लगाइने छ । भेरिफिकेसन भएको टिकटक एकाउन्टमा ब्लु टिक देखिने छ । त्यसपछि त्यो मोनिटाइज पनि हुनेछ । त्यसरी भेरिफिकेसन भई ब्लु टिक देखिएको र मोनिटाइज भएको टिकटक एकाउन्टबाट प्रसारण भएको सामग्री बापत त्यसका हिस्सेदारहरूले निश्चित रकम समेत पाउने भएका छन् ।
मोनिटाइज भएको एकाउन्टमा राखिएको कन्टेन्टमा विज्ञापन आउने र त्यसको निश्चित रकम एकाउन्टका सञ्चालकलाई पनि आउने भएको हो । टिकटक एकाउन्ट भेरिफिकेसन भएमा उड्ने, ह्याक हुनेलगायतका समस्या कम हुने र भएमा पनि चाडै समाधान हुने गर्दछ । त्यसैले पनि टिकटक एकाउन्ट भेरिफिकेसन गराउनु राम्रो हुन्छ । त्यसका लागि रिलिज नेपालले सहयोग गर्न भएको हो । त्यस बाहेक टिकटक सम्बन्धी कुनै पनि इभेन्टहरू जस्तै टिकटक सो, टिकटक अवार्ड आदी गर्न चाहनेहरूले पनि हामीसँग सहकार्य गर्न सक्नुहुने जानकारी गराउँदछौँ ।
प्रकाशित मिति : May 20, 2021 at 6:03 pm









