काठमाडौँ उपत्यकामा थपिए ३२३२ कोरोना संक्रमित
६ जेठ, काठमाडाैँ । काठमाडौँ उपत्यकामा थप ३२३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३२३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। काठमाडौँमा मात्रै २६००, भक्तपुरमा २२९ र ललितपुरमा ४०३ जनामा काेराेना संक्रमण पुष्टि भएको हो।
योसँगै उपत्यकामा कोरोना भाइरसका ३६ हजार ६७ जनामा संक्रमण सक्रिय छ। काठमाडौंका २४ हजार ३८९, भक्तपुरका ४ हजार ७८३ र ललितपुरका ६ हजार ८९५ जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा ८३०५ जनामा संक्रमण पुष्टि भएको हो।
प्रकाशित मिति : May 20, 2021 at 6:04 pm



