८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

कोरोना संक्रमणका कारण ३ जना डाक्टरको निधन

६ जेठ, काठमाडौँ । कोरोना संक्रमणका कारण तीन डाक्टरको निधन भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको अग्रभागमा खटिएर काम गर्ने तीन डाक्टरको निधन भएको जनाएको छ।

कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा खटिएका डा ईश्वरलाल आचार्य, डा मुकेश चौधरी र डा पुज्याश्री कार्कीको निधन भएको मन्त्रालयले जनाएको छ। डाक्टरको निधनप्रति मन्त्रालयले दुःख व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ।

 

प्रकाशित मिति : May 20, 2021 at 5:39 pm