राष्ट्रियसभा उपनिर्वाचन रामबहादुर थापा बादललाई डा. खिमलाल देवकोटाले उछिने
६ जेठ, काठमाडौँ । राष्ट्रियसभा उपनिर्वाचनमा अन्तर्गत बागमती प्रदेशकको मतगणना जारी छ । अहिले स्थानीय तह तर्फको मत गणना सकिँदा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाइ कांग्रेस र माओवादीका संयुक्त उम्मेदवार डा खिमलाल देवकोटाले २५ मतले लिड गरेका छन । अब प्रदेश सांसदको मतगणना जारी रहेको छ । अहिलेको मत ट्रेन्ड हेर्दा देवकोटा नै विजय हुने संकेत देखिएको छ । एमालेको माधवकुमार नेपाल समूहका नेताहरूले सूर्य चिन्हमा मतदान नगरेको देखिएको छ । डा। देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै पाएका छन् । २ मत नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले पाएका छन् ।
प्रकाशित मिति : May 20, 2021 at 5:12 pm



