८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

भारतीय नागरिकसँग हिडिरहेका माओवादी नेता पाण्डेमाथि मध्यरातमा गोली प्रहार

६ जेठ, कपिलवस्तु । नेकपा माओवादी केन्द्रका नेता दीपक पाण्डे माथि मध्यरातमा गोली प्रहार भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार माओवादी जिल्ला कमिटी सदस्य पाण्डेमाथि बुधबार राति करिब ११ बजेतिर गोली प्रहार भएको हो ।

पाण्डेको पेट र बायाँतिरको कम्मरको हड्डीमा दुईवटा गोली लागेको प्रहरीले जनाएको छ । पाण्डेसँगै मोटरसाइकलमा सवार भारतीय नागरिक इराज अख्तर मुलसमानको पाखुरामा गोली लागेको छ । तौलिहवातर्फ जादै गरेका पाण्डेलाई तीन जनाको समूहले मोटरसाइकल रोकेर गोली हानेको थियो । उहाँलाइ उपचारका लागि रूपन्देही लगिएको छ ।

प्रकाशित मिति : May 20, 2021 at 9:05 am