कोरोना संक्रमणबाट नेपाल प्रहरीका डीएसपी राजकुमार केसीको निधन
६ जेठ, काठमाडाैँ । कोरोना संक्रमणबाट नेपाल प्रहरीका डीएसपी राजकुमार केसीको निधन भएको छ । उहाँ महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत हुनुहुन्थ्यो । दुई साताअघि उहाँमा कोरोना संक्रमण भएको थियो । कोरोना संक्रमणपछि उहाँ नेपाल प्रहरी अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।
प्रकाशित मिति : May 20, 2021 at 8:11 am



