मध्यरातमा फेरि भूकम्पको धक्का, लमजुङ आसपासको जिल्लामा त्रास
५ जेठ, काठमाडाैँ । मध्यरातमा फेरि भूकम्पको धक्का महशुष भएको छ । लमजुङको भुलभुलेमा केन्द्रबिन्दु बनाएर अहिले १० बजेर ३९ मिनेट जाँदा ४.५ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनभयो । बुधबारमात्र यो भूक्म्पको पाँचाै झड्का हो । भूकम्पले निरन्तर हल्लाउन थालेपछि लमजुङ र आसपासको जिल्लामा त्रास बढेको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले यसअघि ९ बजेर २३ मिनेट जाँदा ४.० म्याग्निच्यूडको भूकम्प गएको जनाएको छ । सोहि ठाउँमा केन्द्रविन्दु बनाएर बुधबार बिहान ५ बजेर ४२ मिनेनदेखि ८ बजेर २६ मिनेटसम्म ४ म्याग्निच्युडभन्दा माथिका ३ पल्ट र ४ म्याग्निच्युडको भूकम्प एकपल्ट गएका थिए। भूकम्प मापन केन्द्रले भूकम्प जाने क्रम जारी रहेको भन्दै सतर्क रहन आग्रह गरेको थियो।

प्रकाशित मिति : May 19, 2021 at 11:07 pm



