पछिल्लो २४ घण्टामा थपिए ८१७३ जना संक्रमित, ७९८९ डिस्चार्ज
५ जेठ, काठमाडाैँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८१७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर र एन्टिजेन विधिको परीक्षणबाट सो संख्यामा कोरोना पुष्टि भएको जानकारी दिनुभयाे ।
मन्त्रालयका अनुसार सो अवधिमा ७९८९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यसैगरी पछिल्लो २४ घण्टामा भक्तपुरमा २२८, ललितपुरमा २७० र काठमाडौंमा १ हजार ९८८ गरी उपत्यकामा जम्मा २४८६ जनामा संक्रमण पुष्टि भएको पनि गौतमले जानकारी दिनुभयाे ।
प्रकाशित मिति : May 19, 2021 at 4:55 pm



