८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर एक युवक घाइते

४ जेठ, नवलपरासी  । पश्चिम नवलपरासीको दक्षिणी सीमामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवक घाइते भएका छन् । प्रहरीको गोली लागेर प्रतापपुर गाउँपालिका वडा नं. ६ कठहवाका २२ वर्षीय अविनाश राजभर घाइते भएका हुन् । बुधबार बिहान भारतीय सीमातर्फ जाँदै गरेका तीनजना नेपाली युवालाई रोक्न खोज्दा विवाद भएपछि बाध्य भएर गोली चलाएकाे प्रहरीले जनाएकाे छ । घटनापछि सीमावर्ती गाउँ नेपाल भारत दुवैतर्फ तनाव बढेको छ ।

 

प्रकाशित मिति : May 19, 2021 at 11:47 am