८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

चक्रवातको प्रभावः हावाहुरी सहितको असिना पानी पर्ने

५ जेठ, काठमाडाैँ । काठमाडौँमा बुधबार बिहान देखि सिमसिम पानी पर्न थालेको छ । अरब सागरमा विकसित भएको ताउ–ते चक्रवात (सामुद्रिक आँधी)को प्रभावले काठमाडौँको मौसममा बदलि भइ पानी परेको हो । जल तथा मौसम विज्ञान विभागले दिएको सूचना अनुसार चक्रवातको कारणले नेपालका सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुनेछ । वर्षाको कारणले नदीहरुमा आकस्मिक बाढी आउने भएकोले नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ ।

अरब सागरमा विकसित भएको चक्रवातले हावाहुरी सहितको असिना पानी पर्ने सम्भावना रहेको पनि मौसम विभागले बताएको छ । ताउ–ते चक्रवात (सामुद्रिक आँधी)को प्रभाव बुधबार देखि शुक्रबार सम्म रहने बताइएको छ । चक्रवातको प्रभाव नेपालको पश्चिम क्षेत्रबाट क्रमस पूर्व तर्फ बढ्दै गएर बाहिरिने छ ।

 

प्रकाशित मिति : May 19, 2021 at 11:29 am