८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

दाउन्नेमा बस दुर्घटनाः ४ जनाको मृत्यु, ४० जनाभन्दा बढी घाइते

५ जेठ, काठमाडाैँ । नवलपरासी पश्चिममा भएको बस दुर्घटनामा चार जनाको ज्यान गएको छ । काठमाडाैँबाट रुकुम पश्चिमको लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दाउन्नेको जंगलमा खुर्सानीखोलाबाट खस्दा चार जनाको घटनास्थलमै ज्यान गएको हो ।

मृतक मध्ये रुकुम पश्चिमको त्रिवेणी गाँउपालिकाकी २७ वर्षीया कल्पना पुनको मात्र सनाखत भएको छ । घाइतेको उद्धार गरी चिसापानी अस्पताल बर्दघाटमा ल्याइएको छ । बसमा रहेका ४० जनाभन्दा बढी यात्रु घाइते भएका प्रहरीले जनाएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भिर रहेको छ ।

गम्भिर घाइतेहरुलाई उपचारका लागि बुटवल लगिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : May 19, 2021 at 9:18 am