काठमाडौँ उपत्यकामा थपिए २६३५ जना काेराेना संक्रमित
४ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २०४९ जना, भक्तपुरमा २२१ जना र ललितपुरमा ३६५ जनामा कोरोना संक्रमण पुष्टि हाे । मंगलबार देशभर थप ८२०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काेराेना संक्रमणबाट १९६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ६८९१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति : May 18, 2021 at 6:00 pm



