पछिल्लो २४ घण्टामा ६८९१ जनाले जिते कोरोना
४ जेठ, काठमाडाैँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ६८९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । याेसँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८२०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै काेराेना संक्रमणबाट १९६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : May 18, 2021 at 5:48 pm



