पछिल्लो २४ घण्टामा थपिए ८२०३ कोरोना संक्रमित, १९६ जनाको मृत्यु
४ जेठ, काठमाडाैँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८२०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको २० हजार २८६ जनाको पीसीआर परीक्षण र ६९३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८२०३ जनामा कोरोना पुष्टि भएको हाे । पछिल्लो २४ घण्टामा काेराेना संक्रमणबाट १९६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार ४११ पुगेको मन्त्रालयले जनाएकाे छ ।
प्रकाशित मिति : May 18, 2021 at 5:38 pm



