८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

नुवाकोटमा थप २ कोरोना संक्रमितको मृत्यु

४ जेठ, नुवाकोट । मंगलबार कोरोना संक्रमणका कारण नुवाकाेटमा दुई जनाको मृत्यु भएको छ । सूर्यगढी गाउँपालिका–३ की ३२ वर्षीया महिलाको मंगलबार दिउँसो मृत्यु भएको त्रिशूली अस्पतालले जनाएको छ । शुक्रबार अस्पताल भर्ना भएकी ति महिलालाई भेन्टिलेटरमा राखेर उपचार थालिएकाे थियाे । उपचारकै क्रममा उनकाे मंगलबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएकाे छ । त्यसैगरी, मंगलबार बिहान किस्पाङ गाउँपालिका–५ की ४२ वर्षीया एक महिलाको मृत्यु भएको छ । नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ जना पुगेको छ ।  सक्रिय संक्रमित ८०१ जना रहेका छन् ।

 

प्रकाशित मिति : May 18, 2021 at 4:14 pm