८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

प्रधानमन्त्री ओलीको शपथविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार, पुनः सपथ लिनु नपर्ने

४ जेठ, काठमाडाैँ । सर्वाेच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले अन्तरिम आदेश जारी नहुने निर्णय सुनाएको हो ।रिटलाई अग्राधिकार भने दिइने उल्लेख गरिएको छ ।आदेशमा विपक्षीसँग लिखित जवाफ पनि मागिएको छ ।

ओलीको सपथविरूद्धमा परेका चारवटै रिट प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको इजलाशमा परेको परेको थियो । प्रधानमन्त्रीको सपथमा त्यो पर्दैन भन्ने शब्द सपथमा प्रयोग भएको थियो । शुक्रकार राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराउने क्रममा प्रधानमन्त्रीले त्यो पर्दैन भन्दै राष्ट्रपतिले भनेको शब्द उच्चारण गर्न अस्वीकार गर्नुभएको थियो । उक्त अभिव्यक्तिका विरूद्धमा अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली र लोकेन्द्र वली, नवराज अधिकारी, सन्तोष भण्डारी, राजकुमार सुवालले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

प्रकाशित मिति : May 18, 2021 at 2:52 pm