कोरोना संक्रमणबाट सिरहामा चिकित्सकको मृत्यु
४ जेठ, जनकपुरधाम । कोरोना संक्रमणबाट सिरहामा एकजना चिकित्सकको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण लहान नगरपालिका -६ का अर्थोपेडिक विशेषज्ञ डा. मुकेश चौधरीको मृत्यु भएको हाे । डा. चौधरी कोरोना संक्रमित भइ ९ दिनदेखि होम आइसोलेसनमा बस्दै आउनुभएकाे थियाे । सोमबार साँझ उपचारका लागि विराटनगरस्थित विराट नर्सिंङ लगेको केही बेरमै उहाँकाे मृत्यु भएको हाे । ३५ वर्षीय डा. चौधरी लहानमा डाइनोष्टिक सेन्टर सञ्चालन गर्दै आउनुभएकाे थियाे । उहाँ सोही सेन्टरमा सेवा दिने क्रममा संक्रमित हुनुभएकाे थियाे ।
प्रकाशित मिति : May 18, 2021 at 1:43 pm



