हेटौंडामा थप ४ जना काेराेना संक्रमितको मृत्यु
४ जेठ, काठमाडाैँ । हेटौँडामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको आइसियू कक्षमा उपचारका क्रममा हेटौंडाका ३ जना र बाराका एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बाराकी ७५ वर्षीया महिला, हेटौंडा उपमहानगरपालिका ४ का ५४ वर्षीया र हेटौंडा ३ का ७२ वर्षका काेराेना संक्रमितकाे मुत्यु भएको हो । केही दिन अघि संक्रमण पुष्टि भएका उनीहरुको हेटौंडा अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको थियो । बाराकी महिला र हेटौंडा–का पुरुषको सोमबार मृत्यु भएको थियो भने हेटौंडाका दुई जनाको आज मृत्यु भएको हो । योसँगै हेटौंडा अस्पतालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २३ पुगेको छ ।
प्रकाशित मिति : May 18, 2021 at 12:01 pm



