नेपालटारमा मोटरसाइकल दुर्घटना, रसुवाका सन्तोषको मृत्यु
४ जेठ, काठमाडाैँ । काठमाडाैँको तारकेश्वर नगरपालिका वडा नम्बर ११ मा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार बागमती प्रदेश ०२–०१६ प ५८६५ नम्बरको मोटरसाइकल सोमबार राति नेपालटारमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका रसुवाका ३० वर्षीय सन्तोष तामाङलाइ तत्कालै उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएपनि अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए । मोटरसाइकल तीब्र गतिमा रहेका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : May 18, 2021 at 10:37 am



